बुधवार, आश्विन १४ गते २०८३

नेपाल भित्रियो मनसुन

शुक्रवार , जेठ १७, २०८२

काठमाडौँ । यसपालि औसतभन्दा १५ दिनअगावै मनसुन नेपाल प्रवेश गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहीबार रातिदेखि मनसुन पूर्वी नेपाल हुँदै भित्रिएको जनाएको छ । हाल कोशी प्रदेशका अधिकांश भूभागमा मनसुन फैलिसकेको छ ।

नेपालका अन्य भूभागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समय लाग्ने महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार सार्वजनिक गरेको मौसम बुलेटिनअनुसार कोशी प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम दरको मनसुनी वर्षा भइरहेको छ ।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनी जोखिम न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना तयार पारी काम सुरु भइसकेको जनाएको छ ।

प्राधिकरणका अनुसार यस वर्ष मनसुनी विपद्का कारण देशभर झण्डै ४ लाख ५७ हजार घरधुरीका १९ लाख ९७ हजार मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार