बुधवार, आश्विन १४ गते २०८३

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ, २५० करोड भन्दा धेरै रकम हिनामिना गरेको आरोप

आइतवार , जेठ १९, २०८२

काठमाडौँ ।  कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् ।

बाँकेको नेपालगंजमा केन्द्रीय कार्यालय रहेको बैंकका संस्थापक अध्यक्ष रायलाई २५० करोड भन्दा धेरै रकम हिनामिना गरेको आरोपमा प्रहरीले फक्राउ गरेको हो ।

फरार रहेका उनलाई नेपाल–भारत सिमानाको रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीले बताए ।

सीआईबीका अनुसार ६५ वर्षीय रायलाई म्याद थपका लागि बाँके लगिँदै छ । सल्यान घर भएका राय हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० बस्दै आएका थिए । उनले २०७६ देखि २०७९सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । यो बैंक २०६० सालमा खुलेको थियो ।

रायमाथि ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । बैंकमा भएको अपचलनको अनुसन्धान प्रक्रिया अघि बढेपछि उनी फरार भएका थिए ।

रकम अपचलनमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाह समेत संलग्न रहेको बैंकको आन्तरिक छानबिनबाट खुलेको थियो ।

करोडौँ रुपैयाँ हिनामिना भएपछि नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । बैंकको व्यवस्थापन हाल राष्ट्र बैंकको नियन्त्रणमा छ ।

रायलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको असुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्तासमेत रहेका डीएसपी युवराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार