कहाँबाट कति हस्ताक्षर?
हालसम्म संकलित विवरणअनुसार काेसी प्रदेशबाट १ लाख ६६ हजार ८६१ हस्ताक्षर जुटेका छन्। यस्तै मधेसबाट २० हजार ५०५, बागमतीबाट ६ लाख ३९ हजार ६८, गण्डकीबाट ४ लाख ३२ हजार ७२३ र लुम्बिनीबाट २ लाख ३६ हजार ५९५ हस्ताक्षर संकलन भएका छन्।
कर्णाली प्रदेशबाट ४३ लाख ७७५, सुदूरपश्चिमबाट ९४ हजार ५३५, केन्द्रीय कार्यालयबाट ३३ हजार ३७०, काठमाडौंका अन्य बुथबाट ५९ हजार ८८५, ह्वास्टएपबाट ६ लाख ५० हजार १७२ र इमेलबाट ८० हजार १७६ हस्ताक्षर संकलन भएको रास्वपाको दाबी छ। हालसम्म जम्मा भएकाे कूल हस्ताक्षर संख्या २४ लाख ५७ हजार ६१८ छ।