काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
प्रचण्ड निवास खुमलटार पुगेर कोइरालाले प्रचण्डसँग दुई घण्टा छलफल गरेका हुन् । शेखर निकट एक नेताले भने, ‘पछिल्ला समसामयिक राजनीति घटनाक्रमबारे छलफल भएको हो । करिब २ घण्टा वार्ता चल्यो ।’
प्रचण्ड र शेखरबीच सरकार फेरबदलबारे छलफल भएको हो । शेखर पछिल्लो समय एमालेसँगको सहकार्यप्रति सन्तुष्ट छैनन् । उनले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि व्यक्त गरिरहेको बेलामा खुमलटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।