आइतवार, आश्विन १८ गते २०८३

म आन्दोलनको नेता हुँ, मैले जिम्मा लिएको आन्दोलन असफल भएको छैन : वामदेव गौतम

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफूले जिम्मा लिएको आन्दोलन कहिल्यै असफल नभएको बताएका छन् ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) सँगको एकता कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् । उनले भने, ‘आवश्यकता पर्‍यो भने यी हातहरू हतियारका रूपमा प्रयोग हुन्छन्, हतियारका रूपमा प्रयोग गर्छु । अहिले पनि त्यसरी जान्छु । म आन्दोलनको व्यक्ति हुँ, नेता हँु । मैले जिम्मा लिएको आन्दोलन असफल भएको छैन । सफलता मात्रै प्राप्त भएको छ ।’

गौतमले पार्टीले समाजवाद निर्माणका लागि कदम चाल्नुपर्ने बताएका छन् । आफू लागेपछि समाजवाद निर्माण हुने दाबी गर्दै उनले अब पार्टीको कदम त्यतैतिर हुनुपर्ने बताएका छन् । संयोजक गौतमले भने, ‘यो देश हाम्रो हो, यो देश हाम्रा पुर्खाले हामीलाई सुम्पेको हो । त्यही समाजवाद निर्माणका लागि सुम्पेको हो । हामी त्यसको निम्ति तयार हुनुपर्छ, त्यसको निम्ति लाग्नु पर्दछ । चार वर्ष पहिले म आउन पाएको भए समाजवाद निर्माणको कुरो हुन्थ्यो । किनकि, म लागेपछि हुन्छ ।’

उनले थपे, ‘म लागेपछि समाजवाद निर्माण हुन्छ । लाग्ने भनेको तपाईंहरूसित साथमा लाग्ने हो । एक्लै लाग्ने होइन । सिङ्गो समाज लाग्छ । त्यो आजको आवश्यकता हो । एकपटक पार्टीले निर्णय गरेर अब सुरु गरौँ भनौँ त, मैले किताब लेखेको छु, समाजवाद निर्माणसम्बन्धी हाम्रो योजना नेपालमै बाह्रसय खर्बको सम्पत्ति तयार गरेको छु, त्यति भएपछि हामीले समाजवाद निर्माण गर्न सकिन्छ ।

आज गौतमको एकता अभियान र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीबीच पार्टी एकता भएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार