काठमाडौँ । साइबर क्राइम (विद्युतीय अपराध) को कसुरमा दुर्गा प्रसाईँले सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौँले असार ३२ गते प्रसाईँविरुद्धका दुवै निवेदन खारेज गर्दै सफाइ दिएको हो।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले युवा संघका रोशन सुवेदी र राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य ज्वाला भन्ने टिका संग्रौलाको निवेदन खारेज गरिदिएको हो। उनीहरुले निवेदनमा गरेको दाबी नपुग्ने अदालतको ठहर छ।
आफूविरुद्ध सामाजिक सञ्जालमार्फत जथाभावी बोलेर प्रसाईँले साइवर क्राइम गरेको संग्रौलाको आरोप थियो। उक्त आरोपमा प्रहरीको साइबर ब्युरोको अनुसन्धानपछि २०८१ असोज १४ गते अदालतमा मुद्दा दायर भएको थियो। दुर्गा प्रसाईँ भने तीनकुने घटनाको कसुरमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।