भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा पठाएका छन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी पनि थालेको छ । भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट समकक्षी ओलीलाई भ्रमणको निमन्त्रणा आएपछि मन्त्रालयले तयारी थालेको हो ।
भ्रमणअघि दुवै देशका सचिवस्तरीय बैठक पनि बस्नेछ । मन्त्रालयका अनुसार यसपटकको भ्रमण नयाँ एजेन्डा नभएपनि दुईपक्षीय सम्बन्धलाई अझै बलियो र सौहार्द बनाउनेतर्फ केन्द्रित रहने छ ।
गत चैतमा थाइल्यान्डको राजधानी बैंककमा भएको बिमस्टेक बैठकको साइडलाइनमा दुबै प्रधानमन्त्रीहरूबीच एक्लाएक्लै भेटघाट भएको थियो । त्यसअघि राष्ट्रसंघको महासभामा पनि दुबै प्रधानमन्त्रीहरूबीच भेटवार्ता भएको थियो ।