आइतवार, आश्विन १८ गते २०८३

चाक्सीबारीस्थित सिंहको निवासमा कांग्रेसका पूर्वपदाधिकारीहरूले छलफल गर्दै

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्वपदाधिकारीहरू प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गर्ने भएका छन् ।

आजको छलफलको चाँजोपाँचो प्रकाशमान सिंहले मिलाएका हुन् । छलफल २ बजे बस्ने गरी खबर आएको छलफल सहभागी हुन लागेका एक नेताले जानकारी दिएका छन् । उनले भने, ‘२ बजे चाक्सीबारीमा छलफलमा जुट्ने भन्ने छ । म अब जान्छु ।’ छलफलमा सिंह, निधि, डा शशांक कोइराला, कृष्णप्रसा सिटौलासहितका नेता सहभागी हुने बताइएको छ ।

यी पूर्वपदाधिकारीहरूले पार्टीको १५औं महाधिवेशन केन्द्रित छलफल चलाइरहेका छन् । उनीहरूले आलोपालो नेताको घरमा गएर छलफल गर्ने गरेका छन् । हाल छलफलमा जुटिरहेका नेताहरू प्रायः सबै सभापति शेरबहादु देउवाकै समूहमा छन् । सभापति देउवाले आगामी महाधिवेशनमा चुनाव नलड्ने बताइसकेका छन् । तर देउवाको टिमबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने विषय चासोका साथ हेरिँदै आएको छ । यसबारे देउवा यसमा मौन छन् ।

देउवा मौन बसिरहेपछि गत फागुन २ गते संस्थापन समूहमा रहेका ११ जना नेताले देउवाकै निवास बूढानीलकण्ठमा भेटेर सभापतिको उम्मेदवार तोक्न आग्रह गरेका थिए । त्यसपछि सिंह, सिटौला, निधि, कोइराला, गोपालमान श्रेष्ठसहितका नेताहरू लगातार छलफल गर्दै आइरहेका छन् ।

नेताहरू आज पनि यसै विषयमा छलफलमा जुटेको बताइएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार