आइतवार, आश्विन १८ गते २०८३

देउवानिकट कांग्रेसका सात भाईको बैठक : यस्तो छ निष्कर्ष

सोमवार , श्रावण ५, २०८२


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट मानिने कांग्रेसका सात भाईहरुको छलफलले सरकारले आफ्नो एजेण्डाबाट पछि हटको निष्कर्ष निकालेको छ । 

प्रधानमन्त्री ओलीले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन रुचि नदेखाएका बेला कांग्रेसका प्रभावशाली नेताहरूले कांग्रेस–एमालेबीच गठबन्धन बनाउँदा भएको संविधान संशोधनको सहमति कार्यान्वयन हुनुपर्ने निष्कर्ष निकालेका छन् ।

नेताहरूको छलफलले गठबन्धनको भावनाअनुसार सरकारले जनताको पक्षमा काम गर्नुपर्ने निष्कर्ष निकालेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए । कांग्रेसबाट सरकारमा रहेका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको निवासमा भएको बैठकले एमालेसँग भएको सहमति कार्यान्वयनमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबारको बैठकको निष्कर्ष मन्त्री सिंहले लगेर प्रधानमन्त्री ओलीलाई सुझाउने सल्लाह भएको छ । गठबन्धन निर्माण हुँदा भएको सहमतिअनुसार २ दलबीच भएको संविधान संशोधनको विषय अगाडि नबढेकोप्रति नेताहरूको असन्तुष्टि छ ।

सोमबारको बैठकमा भएको छलफलबारे मंगलबार नै पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर जानकारी गराउने सिटौलाले जानकारी दिए । उनले भने, ‘सरकारले गठबन्धनको भावनालाई कायम राख्नुपर्छ, यो गठबन्धन ०८४ को निर्वाचनसम्मै जान्छ । जाने गरी विश्वासको आधारमा काम गर्नुपर्छ ।’

त्यस्तै सात नेताहरुले सभापति देउवासँग सोमबार छलफल गर्ने तयारी गरेका छन् । उनीहरुले सभापति देउवाले गम्भिर विषयमा आफूहरुसँग पनि छलफल गर्नुपर्ने माग समेत गरेका छन् । 

सोमबार उपप्रधानमन्त्रीसमेत रहेका सिंहको निवास चाक्सीबारीमा डाकिएको छलफलमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, डा शशांक कोइराला, गोपालमान श्रेष्ठ र प्रकाशशरण महत सहभागी थिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार