आइतवार, आश्विन १८ गते २०८३

अवकाशअघि नै नायवमहान्यायाधिवक्ता डा. टेकप्रसाद घिमिरेले दिए राजीनामा

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । नायवमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले अवकाशअघि नै पदबाट राजीनामा दिएका छन् ।

उनले साउन २ गतेदेखि लागु हुनेगरी राजीनामा दिएका हुन् । उक्त राजीनामालाई साउन ४ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ । उनी साउन ४ गतेदेखि स्वतः अवकाशमा जान लागेका थिए । त्यसअगावै उनले राजीनामा दिएका हुन् ।

उनले स्वेच्छिक अवकाश लिएका हुन् । निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन सक्ने व्यवस्था निजामती कर्मचारी ऐन, २०४९ मा उल्लेख गरिएको छ ।

स्वेच्छिक अवकाश लिए २० वर्ष वा सोभन्दा बढी समयसम्म सरकारी सेवा गरेका कर्मचारीले निवृत्तभरण पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार