आइतवार, आश्विन १८ गते २०८३

प्रधानमन्त्री ओली भन्छन्– म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने संकल्पप्रति दृढ छु

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने संकल्पप्रति दृढ’ रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसद महेन्द्र बहादुर शाहीको प्रश्नको जवाप दिँदै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने राष्ट्रिय संकल्पप्रति हामी सबै दृढ छौं ।’

तथापि, कतिपयले फेसनको रुपमा लान्छना लगाउने गरेको उनले बताएका छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति लिएर अगाडि बढेको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।

कसैले केही लेखेकै आधारमा वा आरोप लगाएका आधारमा नभएर तथ्यका आधारमा सरकारले आवश्यक कदम चाल्ने पनि उनको प्रतिवद्धता छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार