आइतवार, आश्विन १८ गते २०८३

माधव नेपालले भने– देशमा कम्युनिष्ट प्रधानमन्त्री छन् तर, काम भएन

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले परिणाम आउने गरी काम गर्न नसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले अहिले देशमा कम्युनिष्ट प्रधानमन्त्री नै रहनुभएको तर देशमा परिणम आउने गरी काम गर्न नसकेको बताएका हुन् । उनले भने, ‘अहिले पनि कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व गरिरहनुभएको छ । तर देशको अवस्था राम्रो छैन । जनतामा निराशा छ । परिणाम आउने गरी काम भइरहेको छैन ।’

अध्यक्ष नेपालले अगाडी भने, ‘कस्तो विडम्वना एक जना छाउपडी प्रथाको शिकार भएर मर्नुपरेको छ । त्यो समाजले हटाउन सकेको छैन । कम्युनिष्ट पार्टीहरू पनि त्यहाँ छन् तर हटाउन चाहँदैनन् ।’ उनले नेपालमा कस्तो किसिमको अर्थतन्त्र, आर्थिक नीति अवलम्वन गर्ने भन्नेमा बहस गर्न जरुरी रहेको बताएका छन् ।

‘नेपालमा कस्तो किसिमको अर्थतन्त्र’ आर्थिक नीति अवलम्वन गर्ने त्यसमा बहस गरौँ । अध्यक्ष नेपालले छुवाछुत, छाउपडी लगायतका प्रथाको अन्त्य गर्न जागरण अभियानको जरुरी रहेको बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार