आइतवार, आश्विन १८ गते २०८३

पूर्वराष्ट्रपति भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

शुक्रवार , श्रावण ९, २०८२

नेकपा (एमाले)को केन्द्रीय कमिटिले गरेको निर्णयबारे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दैछिन् ।उनले शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन राखेकी छन् ।

पार्टी केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउन नदिने निर्णय गरेपछि आफ्नो धारणा सार्वजनिक गर्न उनले पत्रकार सम्मेलन आयोजना गरेकी स्रोतले जनाएको छ ।

गत मंगलबार एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार