काठमाडौं । नेपाली कांग्रेसबाट नियुक्त बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् ।
शुक्रबार सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका हुन् ।
विविध कारणले जिम्मेवारी बहस गर्न सक्ने अवस्था नरहेकाले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख छ । एउटै व्यहोराको राजीनामा पत्रमा भनिएको छ, ‘विविध कारणले आफ्नो जिम्मेवारी निरन्तर बहन गर्न सक्ने अवस्था नरहेकाले आजकै मितिदेखि प्रदेश सरकारको....मन्त्री पदबाट राजीनामा दिएको छु ।’
आजको मितिसम्म मन्त्रालयको जिम्मेवारी सफलतापूर्वक निर्वाचन गर्न दिएकोमा उनीहरूले मुख्यमन्त्रीलाई धन्यवाद पनि दिएका छन् । बागमती प्रदेशमा कांग्रेसभित्रै मुख्यमन्त्री परिवर्तनको खेल भएको छ ।
सोहीअनुसार मन्त्रीहरूले राजीनामा दिएका हुन् । राजीनामा दिने चारै जना कांग्रेसबाट मन्त्री बनेकाहरू हुन् ।