काठमाडौं । फिल्म मेकर तथा लेखक किरण बिकले रुपन्देही– ३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी उनले निर्दलीय उम्मेदवारी घोषणा गरेका हुन् । उदार लोकतन्त्र र मिश्रित अर्थतन्त्रको अवधारणासहित आफूले उम्मेदवारी दिएको बताउँदै बिकले मुलुकमा सामाजिक न्याय आवश्यक रहेकोमा जोड दिएका छन् ।
चुनावका लागि भैरहवालाई आर्थिक राजधानी घोषणा, भैरहवालाई अन्तर्राष्ट्रिय मनोरञ्जन पर्यटकीय सहर, लुम्बिनी महानगरको अवधारणा, व्यवस्थित सहरीकरणलगायत एजेन्डा रहेको उनको भनाइ छ ।
रुपन्देही- ३ मा आगामी कार्तिक १७ गते उपचुनाव हुँदैछ । यसका लागि असोज ११ गते उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।