आइतवार, आश्विन १८ गते २०८३

सुख्खाग्रस्त मधेश पुगेर प्रधानमन्त्रीको घोषणा- तत्काल ५ सय वटा डीप बोरिङ जडान गर्छौँं

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेशमा तत्काल ५ सय वटा डीप बोरिङ जडान गरिने सरकारको तयारी रहेको बताएका छन्।

महोत्तरीको मटिहानी नगरपालिका ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका आठ वटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको समस्या छिटो समाधान गर्ने योजना सरकारले अघि सार्ने बताए।

उनले भने, ‘मन्त्रिपरिषद्को बैठकबाट मधेसलाई पानीको अभावको सुख्खाग्रस्त, संकटग्रस्त क्षेत्र घोषणा गरेका छौँ। यहाँ संकटग्रस्त क्षेत्र घोषणा गरेर मात्रै केही हुँदैन। यस क्षेत्रमा दीर्घकालीन र तत्कालीन दुइटा उपायहरू अवलम्बन गर्नेछौँ। चुरेमा पानीका ताललतैया, पोखरी बनाउने जसबाट रिचार्ज सिस्टममा जमिनको सतहको पानी तल नजाने कुराको लागि अनुकूल वातावरणतर्फ फर्काउने काम गर्छौ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार