आइतवार, आश्विन १८ गते २०८३

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले रविको पक्षमा हस्ताक्षर गरे

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले  असार पहिलो सातादेखि रवि लामिछानेको रिहाइ माग गर्दै हस्ताक्षर अभियान चलाइएको छ । अभियानअन्तर्गत हजारौँ नागरिकले हस्ताक्षर गरेका छन् ।

सडक, क्याम्पस, कर्पोरेट अफिसदेखि विमानस्थलसम्म हस्ताक्षर अभियान चलाइएको छ । यसै क्रममा स्वतन्त्र सांसद अमरेशकुमार सिंहलेपनि  रास्वपाको  हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यालयमा पुगेर सिंहले हस्ताक्षर गरेका हुन् ।

सहकारी ठगी मुद्दामा लामिछाने अहिले भैरहवा कारागारमा रहेका छन् । लामिछानेको थुनालाई उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले राजनीतिक प्रतिशोध साँधेको रूपमा व्याख्या गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार