आइतवार, आश्विन १८ गते २०८३

प्रचण्ड र नेपालबीच आज पनि भेटवार्ता, के भयो छलफल ?

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ ।

सिंहदरबारमा उनीहरूबीच सोमबार दिउँसो भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ ।

प्रचण्ड माधवबीच विशेषगरी समाजवादी मोर्चा, संसद् र बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता विवादबारे छलफल भएको भएको हो । यद्यपि भेटवार्ताका मुख्य विषयहरू खुलाइएको छैन । उनीहरुबीच आइतबार पनि भेटवार्ता भएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार