आइतवार, आश्विन १८ गते २०८३

बागमतीका मुख्यमन्त्रीले गरे तीन मन्त्री नियुक्त, आजै शपथ

बुधवार , श्रावण १४, २०८२

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएको पाँच वटा मन्त्रालयमध्ये तीनमा मन्त्री नियुक्त गरिएको मुख्यमन्त्री लामाले जानकारी दिए।

लामाले सांसद गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालय दिएका छन्। सांसद माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरे पनि मन्त्रालय तोकिएको छैन। नयाँ मन्त्रीहरूको आजै शपथग्रहण गर्नेगरी तयारी गरिएको छ।

लामाले कांग्रेस संसदीय दलको नेताबाट मंगलबार मात्रै विश्वास गुमाएका थिए। संसदीय दलको अविश्वास प्रस्तावको पक्ष(विपक्षमा मतदान हुँदा लामाले १५ मत मात्रै पाएका थिए। विपक्षमा २२ मत थियो। बागमती प्रदेश सभामा कांग्रेसका ३७सांसद छन्।

संसदीय दलको नेता रिक्त भएसँगै बुधबार नयाँ नेता चयनका लागि मतदान हुँदैछ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार