आइतवार, आश्विन १८ गते २०८३

शेखर कोइराला भन्छन्– कुलिङ पिरियड गडबडीको मुख्य दोषी समिति सभापति र एमाले हो

बुधवार , श्रावण १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकारको विकल्प नभएको बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. कोइरालाले दुई ठूला दल मिलेर बनेको सरकारको विकल्प नभएको बताएका हुन् । डा. कोइरालाले भने, ‘दुई ठूला दल मिलेर बनेको सरकारको विकल्प के हुन्छ त ? हामी चाहन्छौँ यो सरकार २०८४ सम्म नै जाओस् । तर, सरकारले राम्रो काम गर्नुपर्छ ।’

उनले सरकारको विकल्पका लागि संसदमा बहुमत हुनुपर्ने तर, कसैले पनि बहुमत पुर्याउन सक्ने अवस्था नभएकाले यो सरकारको अर्को विकल्प नभएको बताएका हुन् । सुशासनका विषयमा आफूले जति कांग्रेसमा कसैले पनि नबोलेको उनको भनाइ छ । कर्मचारी विधेयकमा कुलिङ पिरियडको विषयमा सांसदहरूको पनि गल्ती भएको नपढी विश्वास गरेर पास गर्नु हुँदैन थियो भन्दै उनले कुलिङ पिरियडको विषयमा समितिका सभापति र एमाले मुख्य दोषी रहेको बताएका छन् ।

डा. कोइरालाले भने, ‘कुलिङ पिरियडको गडबडीमा हाम्रो पनि दोष छ । हामीले नपढी पास गर्न हुँदैन थियो । तर, मुख्य दोष समितिका सभापति र एमाले नेतृत्वको हो ।’

उनले एमालेले राष्ट्रियसभामा कुलिङ पिरियड हटाउन माग गर्दै संशोधन पेश गर्नुले गडबडीमा एमालेको संलग्नता स्पष्ट भएको बताएका छन् ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार