काठमाडौं । मिटर व्याज पीडितले काठमाडौंको माइतीघरमा आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।
मिटर व्याज साहुको परिचय खुल्ने गरी ब्यानर नै राखेर पीडितहरूले प्रदर्शन गरेका हुन् । सरकारले आफूहरूको पीडा नदेखेको भन्दै आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गर्न बाध्य भएको उनीहरूले बताएका छन् ।
सिरहाको लहान नगरपालिका–३ की सीताकुमारी मण्डल र वडा नम्बर–७ का श्याम विश्वकर्मा आँखामा कालोपट्टी बाँधेर माइतीघरमा बसेका छन् ।
लहान नगरपालिका–३ का रामलोचन गुप्ता र लाहान–७ का रामकुमार महतो (रामबाबु) लाई ऋण तिरिसके पनि जग्गा फिर्ता नपाएको भन्दै उनीहरूले काठमाडौं केन्द्रित प्रदर्शन गरेका हुन् ।