काठमाडौँ । बलात्कारको आरोप लागेका मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश झा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएका छन् । उनीविरुद्ध नयाँ बानेश्वरीकी २३ वर्षीया युवतीले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि अहिराज गत साउन ४ गते पक्राउ परेर अनुसन्धानमा तानिएका थिए ।
बलात्कृत युवतीले प्रहरीसमक्ष दिएको बयानअनुसार अहिराजले पैसा र पावर हुनेको कानून रहेको भन्दै मुख थुनेर बलात्कार गरेको आरोप छ ।