आइतवार, आश्विन १८ गते २०८३

प्रचण्डको ब्रिफिङ- माधव र विप्लवसँग एकताका लागि पहल भइरहेको छ

बुधवार , श्रावण १४, २०८२

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा आवद्ध दलहरूसँग एकताका लागि पहल भइरहेको बताएका छन्। 

बुधबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा समाजवादी मोर्चाबारे ब्रिफिङ गर्दै एकताका लागि नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्टसँग छलफल चलिरहेको जानकारी दिएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए।

पछिल्लो समय विशेषगरि माधव नेपालसँग प्रचण्डको लगातार छलफल भइरहेको छ। ती भेटमा पार्टी एकताको प्रस्ताव उनले नेपालसँग राखेको बताइएको छ। 

समाजवादी मोर्चाको कामकारबाही र एकताबारे स्थायी समिति बैठकमा समेत छलफल हुनेछ। माओवादी केन्द्रले साउन १६ गतेदेखि स्थायी समिति बैठक बोलाएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार