आइतवार, आश्विन १८ गते २०८३

मन्त्रिपरिषद् हेरफेर गर्न ओली र देउवा छलफल गर्दै

बिहिवार , श्रावण १५, २०८२

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफल गर्न लागेका छन् ।

उनीहरूबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुँदैछ । उनीहरूबिच सरकारका कामकारबाही र विधेयकमा देखिएको असमझदारीबारे छलफल हुने जनाइएको छ । तर दुई शीर्ष नेताबिच मन्त्री हेरफेरबारे पनि छलफल हुन सक्ने बताइएको छ । प्रधानमन्त्री ओली तत्काल मन्त्रिपरिषद् हेरफेर गर्ने पक्षमा छन् भने देउवाले चाहेका छैनन् ।

प्रधानमन्त्री ओलीले आफ्नै दलका कतिपय मन्त्रीसहित कांग्रेस र लोसपाका मन्त्रीहरू हेरफेरको मनस्थिति बनाइसकेका छन् । यही एजेन्डासहित उनले कांग्रेस सभापति देउवासँग पनि छलफल गर्ने प्रधानमन्त्री निकट एक नेताले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार