आइतवार, आश्विन १८ गते २०८३

नाउपाको नयाँ अध्यक्षमा सांसद लालवीर चौधरी सर्वसम्मतिले चयन

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको संस्थापकहरूको भेलाले नयाँ अध्यक्ष चयन गरेको छ ।

बिहीबार काठमाडौंको बानेश्वरमा बसेको भेलाले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको हो । अध्यक्ष चयन भएका लालवीर पार्टी संरक्षक रेशम चौधरीका बाबु हुन् । बुधबारमात्रै रेशमले आफ्नै श्रीमतीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेर बर्खास्त गरेका थिए ।

अध्यक्ष चयन भएका लालवीर प्रतिनिधिसभा सदस्यसमेत हुन् । अध्यक्ष चयन भएपछि लालवीरले भने, ‘हामीले उहाँ (रञ्जिता)लाई अहिले पनि भनिरहेकै छौँ यहाँ आएर आफ्नो कुरा भन्नुस् । सबैको सल्लाहमा पार्टी चलाउनुपर्छ भन्दा नमानेपछि यो अवस्था आयो ।’

पार्टीलाई अपठ्यारोबाट निकास दिन आफूले नेतृत्व गरेको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार