काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी रहेको छ । बैठक केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको हो ।
आजबाट सुरु बैठक ३ दिनसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही र आन्तरिक पार्टी जीवनको बारेमा ब्रिफिङ गर्ने भएका छन् ।
बैठकले आगामी केन्द्रीय समिति बैठकको मिति तय गर्ने र पार्टीको जागरण अभियानलाई निरन्तरता दिने विषयमा पनि छलफल गर्ने तयारी रहेको छ ।