आइतवार, आश्विन १८ गते २०८३

भोलि प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आइतवार , श्रावण १८, २०८२

काठमाडौँ । सभामुख देवराज घिमिरे विदेश भ्रमणमा भएका कारण बस्न नसकेको प्रतिनिधिसभा बैठक भोलि सोमबार बस्दैछ ।

सभामुख घिमिरे सभामुखहरूको छैटौं विश्व सम्मेलनमा सहभागी हुन स्विट्जरल्याण्डको जेनेभा गएका बेला १० दिन बैठक स्थगित भएको थियो । सम्मेलनमा सहभागी भएर सभामुख घिमिरे आईतबार स्वदेश फर्किएपछि सोमबार बैठक बस्न लागेको छ ।

संघीय संसद् सचिवालयले सोमबारको प्रतिनिधिसभा बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । कार्यसूचीमा महत्वपूर्ण कुनै विधेयक समावेश छैन ।

सम्भावित कार्यसूचीमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास ९पहिलो संशोधन० विधेयक टेबुल गर्ने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौता सामान्य छलफलपछि अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार