आइतवार, आश्विन १८ गते २०८३

पेरिसडाँडामा चौथो दिन माओवादी स्थायी समितिको बैठक सुरु

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक चौथो दिन पनि केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ बोल्न बाँकी रहेको छ । आजको बैठकमा प्रचण्डले समिति सदस्यहरूले उठाएका प्रश्न र राखेका धारणाहरूमाथि जवाफ दिनेछन् ।

बैठक शुक्रबारदेखि सुरु भएको थियो । माओवादी स्थायी समितिमा ४६ जना सदस्य रहेका छन् । बैठकमा उपमहासचिव जनार्दन शर्माले पछिल्लो समय राखिरहेको असन्तुष्टिबारे पनि छलफल भइरहेको छ ।

धेरै सदस्यले पार्टीबाहिर गएर बोलेको भन्दै शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार