काठमाडौं । राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा विवाद भएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशनमा हात हालाहालको स्थिति आएपछि प्रहरी परिचालन गरिएको छ । केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गरेपछि हात हालाहाल भएको हो । त्यसपछि माइकिङ गर्दै औपचारिक कार्यक्रम सुरु नभइसकेकाले धैर्यपूर्वक बस्न आह्वान गरिएको थियो ।
राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच विवाद छ । युवा संगठनमा पनि सोही पक्षबीच भएको हो । अधिवेशन विथोलिने अवस्था बनेपछि अध्यक्ष लिङ्देनले शान्त रहन आग्रह गरेका छन् ।
लिङ्देनले हो हल्ला गर्नेसँग पार्टी टुलुटुल हेरेर नबस्ने चेतावनी दिएका छन् ।