शनिवार, आश्विन १७ गते २०८३

रास्वपाका सांसद चौधरीको प्रश्न : जिबी राईलाई कहाँ लुकाइएको छ ?

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक कुमार चौधरीले सहकारी ठगीका आरोपित जिबी राई किन पक्राउ नपरेको भनेर सरकारलाई प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै सांसद चौधरीले गृहमन्त्री रमेश लेखकसँग यसको जवाफ मागेका छन् । सांसद चौधरीले गृहमन्त्री लेखकलाई सोधे, ‘जिबी राईलाई कहाँ लुकाइएको छ ? कति महिना भयो गृहमन्त्री भएको ? उनी (जिबी राई) घर भित्र छन् कि सत्ताको ओढारभित्र ?’

सांसद चौधरीले गिरिबन्धु टिइस्टेटको विषय, नक्कली भुटानी शरणार्थी प्रकरणको विषय समेत कहाँ पुग्यो भनेर गृहमन्त्री लेखकलाई प्रश्न गरेका छन् । चौधरीले सोधे, ‘गिरिबन्धु टिइस्टेटको फाइल कहाँ हरायो ? के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो ?’

सांसद चौधरीले अगाडि सोधे, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा को बयान कहाँ पुग्यो ?’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार