शनिवार, आश्विन १७ गते २०८३

ऊर्जामन्त्री खड्का भन्छन्– लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गरेका हुन् । मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको उनको भनाइ छ । ऊर्जामन्त्री खड्काले भने, ‘हामीले सुधारलाई तिव्रताका साथ अगाडि बढाएका छौं । उत्पादनलाई पनि निरन्तरता दिएका छौं । त्यसो हुँदा लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु ।’

विद्युत् विस्तार र आपूर्ति गर्ने कुरालाई सरकारले तिव्रताका साथ अगडि बढाइरहेको बताउँदै उनले हाल १७ अब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भइरहेको बताएका छन् । साथै, उनले १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको जानकारी दिएका छन् । ऊर्जामन्त्री खड्काले भने, ‘१७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत हामीले निर्यात गरिरहेका छौं भने आयात १२ अर्ब ९२ करोडको गरिराखेका छौं ।’

उनले थपे, ‘झन्डै ५ अर्ब रुपैयाँ बराबरको मुनाफा हामीले लिइरहेको अवस्था छ । देशभरीको कुरा गर्ने हो भने केही क्षेत्रमा विद्युत् पुर्‍याउन बाँकी छ । ती ठाउँहरूमा पनि विद्युत् आपूर्ति गरिराखेको अवस्था छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार