शनिवार, आश्विन १७ गते २०८३

रामहरि खतिवडाले सभामुख घिमिरेसमक्ष राजीनामा पत्र बुझाए (पत्रसहित)

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका छन् ।

मंगलबार संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले बुधबार सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

खतिवडाले पत्रमा लेखेका छन्, ‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार