शनिवार, आश्विन १७ गते २०८३

अशोक राई र राजेन्द्र महतोको दलबीच आज कार्यगत एकता हुँदै

बिहिवार , श्रावण २९, २०८२

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबिच बिहीबार कार्यगत एकता गर्ने घोषणा हुँदै छ।

दिउँसो २ बजे काठमाडौँमा पत्रकार सम्मेलन गरेर दुई दलले कार्यगत एकता घोषणा गर्न लागेको हो। पहिचानको मुद्दामा सङ्घर्ष गर्नका लागि यी दुवै पार्टीको बिचमा कार्यगत एकता हुन लागेको बताइएको छ।

जनता समाजवादी पार्टी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको पार्टी हो । मुक्ति पार्टी नेपाल महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग भएर गठन भएको पार्टी हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार