शनिवार, आश्विन १७ गते २०८३

शेरबहादुर देउवा भन्छन्– कांग्रेस सधैं नवप्रवर्तन र रुपान्तरणको पक्षमा छ

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पषमा उभिँदै आएको बताएका छन् ।

कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले भने, ‘अब हामी सबै मिलेर–प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ ।’ उनले अहिले डिजिटल प्लेटफर्मले कामलाई सहजता र तीव्रता दिएको बताउँदै समयको बचत गरेको बताएका छन् ।

उनले सूचना–प्रविधिको विकास हुन धेरै सकारात्मक भए पनि कतिपय कुराहरूमा यसले नकारात्मक असर पुर्‍याएको बताउँदै नागरिकलाई सचेत बनाउनेतर्फ ध्यान दिनु पर्ने बताएका छन् । उनले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमहरूले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार