शनिवार, आश्विन १७ गते २०८३

सांसद ध्रुव प्रधानको प्रश्न : कुलिङ पिरियड प्रकरणमा रामहरिले राजीनामा दिएपछि पुग्ने हो ?

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । राष्ट्रिय प्रातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुव प्रधानले कुलिङ अफ पिरियड प्रकरणमा संसदीय विषयगत समितिका सभापतिको राजीनामा आउनु सकारात्मक विषय भएको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि त्यसले नै पुग्ने हो भन्ने प्रश्न खडा गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद प्रधानले यस्तो प्रश्न उठाएका हुन् ।

सांसद प्रधानले भने, ‘नैतिकताको आधारमा राजीनामा दिएर मात्रै पुग्ने हो कि होइन, ? जो व्यक्तिले गल्ति गर्दछ, जसले नियतवश गल्ति गरेको छ त्यो सजायको भागी भएन भने यो प्रक्रियामा जति उपस्थ्ति माननीय हुनुहुन्छ सबैले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हुन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार