शनिवार, आश्विन १७ गते २०८३

जसपा र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता घोषणा

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ ।

यी दुई दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरेका छन् ।

उनीहरूले कार्यगत एकताको घोषणामा हस्ताक्षर पनि गरेका छन् । राई उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका थिए । त्यस्तै, महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अलग भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार