काठमाडौं । नेकपा एकीकृत समाजवादीले सम्मानित नेता वामदेव गौतमलाई तेस्रो वरीयतामा राख्दै सचिवालय सदस्य बनाएको छ ।
एकीकृत समाजवादीको जारी सचिवालय बैठकले उनलाई तेस्रो वरीयता दिएको एक नेताले बताएका छन् । उनले भने, ‘उहाँलाई तेस्रो वरीयतामा राख्दै सचिवालय सदस्य बनाउने निर्णय गरेको छ ।’
वामदेवलाई एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरीयतामा राखिएको हो । गौतम हालै मात्र एकीकृत समाजवादीमा समाहित भएका थिए ।
एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरस्थित केन्द्रीय कार्यालयमा जारी रहेको छ ।