शनिवार, आश्विन १७ गते २०८३

मुख्यमन्त्री बानियाँले बागमतीमा पाँच मन्त्री नियुक्त गर्दै, आजै शपथ

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सरकार विस्तारको तयारी गरेका छन् ।

उनले आज  रिक्त स्थानमा ५ मन्त्री नियुक्ति गर्न लागेका हुन् । आफ्नो पार्टी कांग्रेसको भागमा परेका ५ मन्त्री नियुक्ति गरी आजै शपथ गराउने तयारी छ । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषद्मा रिक्त पाँच मन्त्री नियुक्तिको तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

२० साउनमा नियुक्त भएका मुख्यमन्त्री बानियाँले सोही दिन आफ्नोसँगै एमालेका ६ र कांग्रेसका २ मन्त्री नियुक्त गरेर सपथ गराएका थिए । कांग्रेस र एमालेबीच भएको मन्त्रालय भागबण्डाअनुसार कांग्रेसले अब ५ वटा मन्त्रालय लिन बाँकी रहेको हो ।

जसमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त हुँदैछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार