शनिवार, आश्विन १७ गते २०८३

केही पैसाका लागि देशलाई बर्बादीतर्फ धकेल्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लागूपदार्थबाट पीडित भइरहेको बताएका छन् ।

शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘आज नेपाल नै लागूपदार्थबाट पीडित भइरहेको छ । हाम्रा बालबालिकाहरू फसाइरहेका छन्, केही पैसाका लागि देशलाई बर्बादीतर्फ धकेल्ने प्रयास भइरहेको छ ।’

त्यसमा पनि मधेस प्रदेश अझ सजिलो गरी ड्रक्स भित्रिने र बालबालिका र युवाहरू फसाइने क्रियाकलाप भइरहेको असहज स्थिति देखिएको प्रधानमन्त्री ओलीले बताएका छन् । यस्तै उनले भन्सारबाट उठ्नुपर्ने जति राजस्व नउठेको बताएका छन् । उनले भने, ‘भन्सार, बोर्डर खुला छ हाम्रो बोर्डर । त्यसको दुरुपयोग गरेर नाजायज फाइदा उठाउनेलाई रोक्नुपर्ने छ ।’

उनले मधेस प्रदेशमा केही सिकायत आइरहेको बताउँदै निर्दोष फसाइने, दोषी उम्काउने किसिमका विषयमा प्रहरीले सचेत हुनुपर्ने बताएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार