शनिवार, आश्विन १७ गते २०८३

प्रधानमन्त्री ओली र मोदीबीच बिहारको बोधगयामा भेटवार्ता हुने

आइतवार , भाद्र १, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहारमा भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने तय भइसकेको छ।

मोदीसँग बिहारको बोधगयामा भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। बोधगया बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ हो।

२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन। प्रधानमन्त्री ओलीको भारत भ्रमण र मोदीसँगको भेटवार्ताको तयारीबारे छलफलका लागि भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार नेपाल आएका छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार