शनिवार, आश्विन १७ गते २०८३

सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगे भारतीय विदेश सचिव मिश्री

आइतवार , भाद्र १, २०८२

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

देउवाले सचिव मिश्रीसँग आफ्नै निवास बूढानीलकण्ठमा शिष्टाचार भेट गरेका छन् । नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेलपछि देउवालाई भेटेका हुन् ।

दुई जनाको भेटबारे सभापति देउवाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सचिव मिश्रीलाई आफ्नै निवासमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । देउवाले भनेका छन्, ‘आज मेरो निवासमा भारतीय विदेश सचिव विक्रम मिश्रीलाई स्वागत गर्न पाउँदा खुसी लाग्यो ।’

उनले अगाडि लेखेका छन्, ‘हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरतामा केन्द्रित भयो । नेपाल–भारत सम्बन्धलाई थप सुदृढ पार्नेबारे पनि छलफल भयो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार