परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा आईतबार र सोमबार विदेश सचिव मिश्रीले नेपाल भ्रमण गरेका छन् । भ्रमणका क्रममा मिस्रीले आईतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
भ्रमणकै क्रममा सचिव स्तरीय छलफलमा नेपाल–भारतबीच भौतिक पूर्वाधार, ऊर्जा सहकार्य, डिजिटल कनेक्टिभिटी तथा विकास साझेदारीका विभिन्न पक्षमा व्यापक छलफल भएको मन्त्रालयले जनाएको छ । आसन्न प्रधानमन्त्रीस्तरीय भारत भ्रमणलाई परिणाममुखी बनाउन दुवै पक्षले छलफल गरेका जनाइएको छ । भारतीय विदेश सचिव मिस्री सोमबार दिउँसो भ्रमण पूरा गरी नयाँदिल्ली फर्किएका छन् ।