शनिवार, आश्विन १७ गते २०८३

कांग्रेस–एमालेले उपसभामुख रानालाई हटाउने तयारीपछि विपक्षी दलहरु छलफलमा

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामागरलाई हटाउने तयारी गरेपछि विपक्षी दलहरु छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अहिले विपक्षी दलहरूको बैठक जारी रहेको छ । बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, त्यस्तै, रास्वपाका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ध्रुबबहादुर प्रधान र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र सांसद शेरबहादुर कुँवर सहभागी भएका छन् ।

बैठक बस्नुअघि उपमहासचिव वर्षमान पुन अनन्तले उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका थिए । उपसभामुख इन्दिरा रानामगरलाई हटाउन भएको हस्ताक्षर संकलनबारे माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकमा चर्चा भएको थियो ।

उक्त बैठकमा सरकारले निरंकुशता देखाउन खोजेको टिप्पणी गरेका थिए । माओवादीले कांग्रेस–एमालेले उपसभामुखलाई पदबाट हटाउने कार्य गर्न थालेर गल्ती गरेको बताएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार