शनिवार, आश्विन १७ गते २०८३

उपसभामुख हटाउने विषयमा माओवादी केन्द्रले विरोध गर्नेछ : अध्यक्ष प्रचण्ड

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपभासमुख इन्दिरा राना मगरलाई हटाउन खोजेर सरकारले अर्को गल्ती गर्न खोजेको टिप्पणी गरेका छन् ।

पार्टी मुख्यालयमा प्रतिपक्षी दलहरुको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले उपसभामुख आदिवासी जनजाति महिला र सामाजिक व्यक्तित्व भएकाले बिना कारण हटाउन खोज्नु गलत हुने बताएका छन् । अध्यक्ष प्रचण्डले भने, ‘यस्तो व्यक्तिलाई बिनाकारण हटाउन खोज्नु गलत हुनेछ । सत्तारुढ दलको यो कदमप्रति माओवादी केन्द्रले विरोध गर्नेछ ।’

उपसभामुख रानामगरलाई हटाउने प्रयास धेरै पहिलेदेखि नै भइरहेको चर्चा गर्दै उनले यसमा सरकारले गल्ती गरिरहेको दाबी गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार