शनिवार, आश्विन १७ गते २०८३

सांसद खतिवडाको प्रश्न– अमेरिका के कार्यक्रममा जानु भएको हो ?

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । उपसभामुख इन्दिरा राना मगर अमेरिकामा केका लागि गएको भन्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाएका छन् ।

केहीबेरअघि बसेको राज्य व्यवस्था तथा परामर्श समितिको बैठकमा सांसद खतिवडाले एनजीओ–आएनजीओको कार्यक्रममा हो कि ? संसद्‌कै कार्यक्रममा गएको हो भनेर प्रश्न उठाएका हुन् ।

बैठकमा खतिवडाले सभामुखलाई सोधे, ‘उपसभामुख किन, के कार्यक्रममा जानु भएको हो ? संसद्को कार्यक्रम होकि होइन ? सदनलाई जानकारी गराउनु पर्छ कि पर्दैन, ? सांसदहरूलाई चाहिँ एनजी‌ओ, आईएनजीओको कार्यक्रममा जाने होइन है भन्ने अनि आफू चाहिँ लुरुलुरु जाने ? सदन चलिरहेको बेलामा किन जानुभयो ?’

जवाफमा सभामुख देवराज घिमिरेले भने, ‘उहाँ आफ्नै हिसाबले, सदनको खर्च हुने गरी होइन व्यक्तिगत खर्च हुने गरी एनजीओ, आईएनजीओको कार्यक्रममा सहभागी हुन जानु भएको हो ।’
 
उपसभामुख रानालाई पदीय आचरणमा प्रश्न उठाउँदै कांग्रेस(एमालेले पदबाट हटाउने तयारी गरिरहेका छन् । दुई दलले आफ्ना सांसदलाई खाली पानामा हस्ताक्षरसमेत गराइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार