शनिवार, आश्विन १७ गते २०८३

सांसद ढुंगाना भन्छन्– भारत–चीन सम्झौताबारे सरकारले कूटनीतिक नोट लेख्नुपर्छ

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपालको भूमि लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने चीन-भारतबिचको सम्झौता दुःखद भएको बताएका छन् ।

राष्ट्रियसभाको शुक्रवारको बैठकमा बोल्दै ढुंगानाले चीनका विदेशमन्त्री भारतमा गएर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरामा व्यापार मार्ग खोल्ने सम्झौता गर्नु नेपाल र नेपाली जनताका लागि दुःखद भएको बताएका हुन् । उनले यसबारे सरकारले कूटनीतिक नोट लेख्नुपर्ने बताएका छन् । नेपालको भूमिको प्रयोग नेपाललाई नसोधी गर्ने कुरा सह्य नहुने उनको भनाई थियो ।

उनले भने, ‘तत्कालीन नेपालका प्रधानमन्त्री सुशील कोइरालाले नोट लेखेरै भारतलाई यो त्रिपक्षीय ठाउँ हो । यो नेपालको भूमि हो । नेपाललाई नसोधी जुन किसिमको सम्झौता गर्नुभयो, त्यसको विरोध गर्दछौँ भनेर भनेका कुराहरू अहिले पनि म बिर्सिन्न । नेपाल सरकारले आफ्नो नक्सा पनि निकालिसकेका छौँ, प्रधानमन्त्रीज्यू चीन र भारत जाँदै हुनुहुन्छ । आफ्ना कुराहरू कूटनीतिक तवरले राख्नुहोला ।’

सांसद ढुंगानाले नेपाली जनताले सोचेअनुसारको सङ्घीयता देशमा चल्न नसकेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार