काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहाल र महासचिव विप्लवबीच सोमबार हरिसिद्धिमा भेटवार्ता भएको अध्यक्ष दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो।
तर नेकपाले भने पार्टी एकताको आधार प्रस्तुत गर्न माओवादीलाई आग्रह गरेको थियो। यही सन्दर्भमा केन्द्रित रहेर उनीहरूबीच भेटवार्ता भएको छ।