उनले भने, ‘डर र लोभ २ वटा कुराबाट हामी मुक्त नभई अगाडि बढ्न सक्दैनौं । कांग्रेस अहिले २०८४ को चुनावमा के हुन्छ भन्ने चिन्ताबाट मुक्त हुनुपर्छ । कांग्रेस केबाट पनि मुक्त हुनुपर्छ भने अलि पछाडि प्रधानमन्त्रीको जिम्मेवारी आउँछ भनेर । ओलीले जुन कुरा भन्नुहुन्छ नि ! हामीले बिर्सिए पनि सम्झाउनुहुन्छ । म छोड्छु छोड्छु भनिरहनुभएको छ । तर उहाँले छोड्नुहुन्छ कि हुँदैन भन्ने कुराबाट मुक्त हुनुपर्छ ।’
कांग्रेसका कार्यकर्ताहरू आफ्नोभन्दा बढी अरुको बारेमा सोच्छु, चिन्ता गर्छु भनेर राजनीतिमा लागे पनि पछिल्लो समय राजनीतिक प्रतिस्पर्धा गर्दा गर्दा खिइएर आफ्नो र परिवारबारे भन्दा त्योभन्दा माथि गएर सोच्न नसक्ने अवस्थामा पुगेको बताए ।