काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले अहिले पार्टीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर नहुने जनाएको छ । प्रधानमन्त्री केपी ओलीले सरकार एक वर्ष पुगेपछि मन्त्री हेरफेर गर्न चाहेपनि कांग्रेसले आफ्ना मन्त्रीहरू नफेर्ने निष्कर्षमा पुगेको हो ।
अहिले उपप्रधान तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर प्रकाशमान सिंहले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका छन् ।प्रधानमन्त्री ओलीले कांग्रेसले पनि केही मन्त्री फिर्ता बोलाए पार्टीबाट केही मन्त्रीहरू हेरफेर गर्न चाहेका थिए । तर, कांग्रेसले मन्त्री हेरफेर नगर्ने अडान लिएपछि प्रधानमन्त्री अफ्ठेरोमा परेका छन् ।