शनिवार, आश्विन १७ गते २०८३

विद्यालाई ओलीको अन्तिम चेतावनी, फुटको संघारमा एमाले !

सोमवार , भाद्र ९, २०८२

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीबीचको विवाद उत्कर्षमा पुगेको छ । नेकपा एमालेका नेता कार्यकर्ता नै  दुई समुहमा विभाजन भएका छन् । 

अब ओली र भण्डारीमध्ये एमालेबाट एक जना बाइपास हुने पक्का भएको चर्चा हुन थालेको छ ।  जसले गर्दा एमाले फुटको संघारमा पुगेको विश्लेषणसमेत भइरहेको छ । 

ओलीले विद्याको सदस्यतानै खारेज गरि पार्टीमा आउन रोक लगाएका छन् । तर, एमालेमा निषेध गर्दा पनि पूर्वराष्ट्रपति भण्डारी अघि बढेपछि एमालेमा तरंग देखिएको हो । एमालेले पूर्वराष्ट्रपतिलाई दलको सदस्यता दिन नमिल्ने निर्णय गरेर (अपानी) अन्तर पार्टी निर्देशन जारी गरेर देशैभरि सर्कुलरसमेत पठाएपनि भण्डारीले चाहिँ आफू नेकपा एमालेको सदस्य रहेको दाबी गर्दै गतिविधि अघि बढाएपछि अध्यक्ष ओली त्रसित बनेका छन् । 

पछिल्लो समय भण्डारी  नेता कार्यकर्ता भेट्ने र मदन भण्डारी ब्राण्ड झनै माथि उठाउने रणनीतिमा छिन् । जनताको बहुदलिय जनवाद र मदन भण्डारी फाउण्डेसन उनको प्रमुख अश्त्र रुपमा देखिएको छ । उनी फाउण्डेसनमार्फत वडातहसम्म जादै छिन्  त्यसैलाई प्रयोग गरेर थापा गाउमा सम्पर्क कार्यालय नै खोलेकी उनले च्यासललाई चुनौती दिईसकेकी छिन् ।

यता ओलीले भने दुइ पटक राष्ट्रपति भएकी भण्डारी एमालेमा कुनै पनि हालतमा नआउने दाबी गरे । तर, भण्डारीको पक्षमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे देखिएपछि ओलीमाथि संटक आइपरेको छ । ओलीले भण्डारीलाई अन्तिम चेतावनी दिएका छन् ।

एमालेभित्र गुट खडा नगर्न भण्डारीलाई ओलीको अन्तिम चेतावनी छ । तर, यता भण्डारीले भने ओलीको चेतावनीलाई बेवास्ता गरेकी छन् । आफ्नो पक्षमा अधिकांश नेता र कार्यकर्ता ल्याएर ओलीलाई बाइपास गर्ने भण्डारीको रणनीति हो । तर, अध्यक्ष ओलीले भण्डारीको पार्टी सदस्यता नै खारेज गरेपछि उनी कसरी अगाडि बढ्ने छिन् ? भन्ने प्रश्न पनि उठेको छ । तर, ओली र भण्डारीबीचको विवादीले एमालेलाई भने फुटको संघारमा पुर्याएको छ । 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार